Rashtriya Dainik

पाँच वर्षसम्मका बालबालिकालाई सरकारले ‘स्वर्णप्रासन’ खुवाउने

काठमाडौं, ३ भाद्र । सरकारले देशभरका ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई आयुर्वेदिक ‘स्वर्णप्रासन’ थोपा खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयअनुसार यस कार्यक्रमलाई आधिकारिक निर्देशिका स्वीकृत गरिएको छ ।

गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता वृद्धि गर्ने उद्देश्यसहित यस्तो योजना ल्याउने घोषणा गरेका थिए । स्वर्ण भष्मलाई घ्यू र महसँग मिसाएर खुवाइने यो थोपा प्रतिरोध क्षमता वृद्धि गर्नाका साथै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

प्रारम्भिक चरणमा यो कार्यक्रम देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत सुरु हुनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आगामी वर्षदेखि यसलाई सबै आयुर्वेदिक संस्थामा विस्तार गर्ने तयारी गरिएको छ । मन्त्री पौडेलले आयुर्वेदिक औषधि प्रवर्धनका लागि स्वदेशी उत्पादकलाई अन्तर्राष्ट्रिय मापदण्ड (GMP) प्राप्त गर्न सहयोग पुग्ने व्यवस्था मिलाइएको बताए। यसबाट औषधि निर्यात र स्तरीय उत्पादनमा सहज हुने मन्त्रालयको दाबी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित