Rashtriya Dainik

आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै

राष्ट्रिय दैनिक /३ भदौ

आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरू गरी मनाइन्छ।

हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ।

संसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए।

हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्बिर खिच्न निक्कै समय लाग्थ्यो। तर अहिलेको अवस्था त्यस्तो छैन। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ।

फोटोग्राफीको विकास क्रम हेर्ने हो भने पहिला रिल वाला क्यामराबाट फोटो खिचिन्थ्यो त्यसपछि डिजिटल क्यामरामा आयो र अहिले हात हातमा फोन अनि फोनको क्यामरा गरी फोटोग्राफीको स्तरीय बढ्दै गएको छ।

आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम होइन, हामीले जुनसुकै बेला आफ्नो फोनबाट कुनै पनि पललाई कैद गर्न सक्छौ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित