राष्ट्रिय दैनिक/ नवलपरासी ,३ भदौ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ मा यूरिया मल वितरण हुने जानकारी पाएपछि किसानहरू सोमबार राति ८ बजेदेखि नै लाइनमा बसेका छन । वडा कार्यालयले मंगलबार बिहान मात्र वितरण सुरु हुने जनाएको भए पनि किसानहरू रातभरै पालो कुर्दै बसेका हुन्।
धानमा मल हाल्ने मुख्य समय चलिरहेका बेला सहजै मल नपाउँदा किसानहरू ठूलो समस्यामा परेका छन्। खेतबारीमा काम गर्नुपर्ने बेला मलका लागि जाग्राम बस्नुपर्ने बाध्यता रहेको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका छन्।
हामीलाई खेतीपाती गर्न सजिलो होस् भनेर सरकारले मल सहजै उपलब्ध गराउनुपर्छ, तर यहाँ त रातभर लाइन बस्नुपर्ने अवस्था छ,पाल्हिनन्दन-५ का एक किसानले बताए।
अव्यवस्थित व्यवस्थापनका कारण खेतीपातीमा प्रत्यक्ष असर पर्ने र किसान थप समस्यामा पर्ने उनीहरूको भनाइ छ।
यस्तै,पाल्हिनन्दन-४ मा पनि स्थानीयहरू दिउँसैदेखि लाइनमा उभिन बाध्य भएको पाइएको छ। मल त पाउनै गाह्रो छ, विकासका कुरा त अझै सुन्नै पाइँदैन,एक स्थानीय युवाहरुले असन्तुष्टि जनाएका हुन ।
केही दिनअघि एक युवकले वडा नं. ४ मा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमार्फत आलोचना समेत गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

