Rashtriya Dainik

बागमती खाड़सारी चिनी मिल्समा काम गर्ने सुस्ता २ काे त्रिभुवन हजामको करेन्ट लागेर मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,२ भदौ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ कुडियामा अवस्थित बागमती खाड़सारी चिनी मिल्स (प्रा.) लि.मा करेन्ट लागेर एकजनाकाे मृत्युु भएको छ।

मृत्यु हुनेमा सुस्ता गाउँपालिका वडा नम्बर २ कुडिया निवासी करिब ३५ बर्षकाे त्रिभुवन हजाम रहेकाे प्रत्यक्षदर्शीले जानकारी दिइएका छन।

चिनी मिलमा बेल्डिङ गर्ने क्रममा हजामलाई करिब २ बजेको समयमा करेन्ट लागेको थियो । उपचारको लागि सहित स्मृति सामुदायिक अस्पताल चाैपता लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको स्थानीयबासिन्दाले राष्ट्रिय दैनिकलाई जानकारी दिइएका हुन ।

हजामकाे शव पाेस्टमार्टमकाे लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लग्ने तयारी भइरहेको मृतक आफन्तले जानकारी दिइएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित