Rashtriya Dainik

बिहान खाली पेटमा चिया पिउनुहुन्छ ? यी १० असर जान्नुहोस्

राष्ट्रिय दैनिक ,२ भदौ

बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ । सकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे ।

१. खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक पदार्थ सोस्ने क्षमता कम हुन्छ ।

२. खाली पेटमा कालो चिया पिउँदा पेट फुल्छ ।

३. चियाले खाली पेटमा ग्याष्ट्रिक म्यूकोसा बढाउँदछ जसले कम भोक लाग्छ ।

४. चिया एसिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा एसिडिटी बढ्दछ ।

५. चियामा टोनिक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बान्ता आउला जस्तो भान हुन्छ ।

६. एक दिनमा ४/५ कप चिया पिउँदा पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना बढ्छ ।

७. खाली पेटमा दुध हालेको चिया पिउँदा थकान महसुस हुन्छ र इरिटेसन बढ्छ ।

८. धेरै कडा चिया पिउनेहरुमा अल्सर हुने खतरा बढि हुन्छ ।

९. अदुवा हालेको चिया खाली पेटमा पिउँदा ग्याँसको समस्या हुनसक्छ ।

१०. चियामा क्याफिन, एल–र्थासनन र थियोफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अपचको सम्भावना हुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित