पर्सा ,१ भादौ।
पर्साको जगरनाथपुर गाउँपालिका – १ टोल पिडारीमा रहेको करिब ८ बिघा खाली ऐलानी जग्गामा पनि आइतबार वृक्षारोपण गरिएको छ ।
समृद्धिका लागि वन परियोजनाअन्तर्गत गाउँपालिकाको आयोजनामा उक्त जग्गामा आँप, कटहर, जामुना, खयरलगायतका प्रजातिका बिरुवाहरू रोपिएको हो ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री तथा पर्साको क्षेत्र नम्बर ४ का सांसद रमेश रिजाले गरेका थिए ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको सभापतित्व तथा पूर्व मन्त्री रिजालको प्रमुख आतिथ्ययतामा भएको वृक्षारोपण कार्यक्रममा मधेसका प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शङ्कर चौधरी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली काँग्रेसका नेता रमेश पाण्डे, वशीष्ठनारायण कुर्मी, प्रमुख प्रशासकीय अधिकृत सन्देश लेखा प्रमुख सन्देश कुशवाहा लगायताको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

