नवलपरासी, १ भाद्र –
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरो द्वारा नवलपरासीको बर्दघाटमा प्रशिक्षण उदघाटन गरिएको छ । आइतबार पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिंं श्रीसले ब्यानर वाचन र पार्टीको झन्डा फहराएर उदघाटन गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्शन कृष्ण राज पौडेल , पोलिटब्युरो सदस्य परी थापा , सिताराम तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुबेदी, केन्द्रीय सल्लाहकार युवराज न्यौपानेको आतिथ्यता रहेको थियो ।
दुई दिने प्रशिक्षणमा दर्शनशास्त्र , ऐतिहासिक भौतिकवाद , नेपालको कम्युनिस्ट आन्दोलन , तात्कालिक राजनैनिक परिस्थितिलगायतका विषय समाबेश छन ।
उदघाटन कार्यक्रम पार्टीका पार्टी नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालन बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयको स्वागतमा भएको थियो । प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ता सहभागी छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

