आरपि उपाध्याय /त्रिवेणी ,१ भाद्र
श्री लक्ष्मीनारायण नागा बाबा कुटी विनयी त्रिवेणी ६ को आयोजनामा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा वार्षिक पुजन भजन किर्तन सहित झाकी प्रदर्शन र वृहत् भण्डारा कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।
श्री कृष्ण जन्माष्टमीको पहिलो दिन नागा बाबा कुटीमा भजन किर्तन सहित आरति हवन कार्यक्रम पनि सम्पन्न गरिएको कुटीका पिठाधिस एवं पुर्व अन्तर्राष्ट्रिय कुस्ती खेलाडी महन्थ केशव दासले जानकारी दिनुभएको छ।
वि.सं.१९७० सालदेखि त्रिवेणीको नागा बाबा कुटीमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अवसर पारेर चैबिसे घण्टे भजन किर्तन अस्टजाम सहितको कार्यक्रम हुँदै आएको पिठाधिस दासले बताउनु भयो।
कृष्ण जन्माष्टमीको दोस्रो दिन मध्याह्नको समयमा २ हजारको सङ्ख्यामा श्रद्धालु भक्तजनहरुको टोलीले रथ यात्रा निकाली त्रिवेणी बजार परिक्रमा पनि गरेको थियो।
रथ यात्रामा भारत विहारको चम्पारण र उत्तर प्रदेशको अयोध्या सहित नेपालको नवलपरासी,रुपन्देही,नवलपुर जिल्लाका विभिन्न मठमन्दिरका पिठाधिस,साधु, सन्त,महन्तहरुको पनि यात्रामा सहभागिता रहेको आयोजकले बताएको छ।
चौबिस घण्टे अखण्ड भजन किर्तन कार्यक्रममा भारत विहार पश्चिमी चम्पारणका गुरु पण्डित जयन्त परासरले कथा प्रवचन,हवन कार्यक्रम गराउनु भएको थियो।
लक्ष्मी नारायण मन्दिर नागा बाबा कुटीले धार्मिक कार्यक्रम अन्तर्गत कार्तिक महिनाको हरिबोधनी एकादशी, महाशिवरात्री पर्वमा पनि झ्याकी सहितको रेली निकाली हिन्दु धर्मलाई प्रचारप्रसार सहितको कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ।

त्रिवेणीको लक्ष्मीनारायण मन्दिर नागा बाबा कुटीको धार्मिक महिमा भारतको अयोध्या राम जन्मभूमि संग जोडिएको हुँदा ती दुवै धार्मिक स्थलहरुमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजनहरुको आउने जाने क्रम पनि बढ्दै गएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

