Rashtriya Dainik

सुनवल ४ मा अवस्थित श्रीकृष्ण धाममा विविध कार्यक्रम सहित कृष्ण जन्माष्टमी मनाइयो

अमृता सुनार/नवलपरासी ,१ भदौ

विश्वकै अग्लो दामोदर स्वरुप श्रीकृष्ण मुर्ति रहेको पश्चिम नवलपरासीको सुनवल ४ रमवापुरमा विविध कार्यक्रम सहित श्री कृष्ण जन्माअष्टमी पर्व मनाइएको छ ।

श्री कृष्ण धाम विकास समितिका अध्यक्ष याम प्रसाद ढकालको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि बस्नेतले सुनवललाई धार्मिक एंव पर्यटकिय रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहिचान गराउनको लागी श्रीकृष्ण अष्टमी पुजाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा भागवत मञ्जरी राधिका दासी,सुनवल वडा नं ४ का वडाध्यक्ष बाल कृष्ण पङ्गेनी, वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगायतले श्रीकृष्ण धाम सुनवल र पश्चिम नवलपरासीको पहिचान भएकोले यसको संरक्षणमा सबैको योगदान रहनुपर्नेमा जोड दिनुभयो ।

श्री कृष्ण धाम विकास समितिका उपाध्यक्ष सुमित्रा तिवारीको स्वागत रहेको कार्यक्रमको संचालन संस्थाका सल्लाहकार जगत प्रसाद पौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित