अमृता सुनार/नवलपरासी ,१ भदौ
महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखा र सोसियो कल्चरल क्लबको संयुक्त आयोजनामा क्याम्पसको सभाहलमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई धर्म संस्कृति प्रति सचेत गराउँदै संस्कारी बनाउने उद्धेश्यले कृष्ण जन्माष्टमीको विशेष अवसर पारेर कृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सोसियो कल्चरल क्लबका सदस्य सौरभ हमालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. विभागीय प्रमुखहरु, अतिरिक्त क्रियाकलाप शाखा संयोजक, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिका साथै क्याम्पस अन्तर्गत बि.बि.ए. साथै बि.आइ.सि.टि.ई. तर्फ अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवलपरासी नृत्य निर्देशक संघका अध्यक्ष, ए टु जेड डान्स एकेडेमीका सञ्चालक उपेन घर्ती मगर साथै शिक्षक पदम पाण्डे निर्णायक रहनु भएको थियो । १० समुहको प्रतिस्पर्धा रहेको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुले कृष्ण जन्माष्टमी संग सम्बन्धीत भएर नृत्य, भजन, नाटक साथै कथा वाचन पनि गरेका थिए ।
उक्त अवसरमा शुभकामना मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि लामिछानेले धर्मको रक्षा र असत्य माथि सत्यको विजयगर्न कृष्णको जन्म भएको भन्दै सत्यको पक्षमा लाग्न सम्पूर्णलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा यज्ञमणी पाण्डेको समुह प्रथम, आदित्य पौडेलको समूह द्वितीय र जानुकी चापागाईको समूह तृतीय भएका थिए । प्रतियोगिताम प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष हमालले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिनुभयो । सेमेस्टर तर्फका अतिरिक्त क्रियाकलाप शाखा संयोजक प्रविन शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन छात्रा निता पाण्डे र ईशा भण्डारी गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

