Rashtriya Dainik

बाल्मिकी आश्रममा शनिबार धार्मिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / त्रिवेणी ,३१ साउन

नेपालको प्रमुख धार्मिक धरोहरहरु मध्ये एक मानिने चितवन माणी नगरपालिका १ मा पर्ने बाल्मिकी आश्रममा शनिबार धार्मिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

माणी १ मा पर्ने बाल्मिकी आश्रम त्रेता युगदेखि नै धार्मिक महत्व बोकेको स्थल भएपनि चितवन राष्ट्रिय निकुञ्ज जङ्गल पर्ने र त्यहा जाने मुख्य बाटो भारतीय भुमिबाट जानुपर्ने बाध्यताका कारण उक्त स्थलले आशा गरे अनुसार विकास गर्न नसकेको सहभागीहरुले बताएका छन।

कृष्ण जन्माष्टमीको दिन विश्व सनातन धर्म सीता माता मन्दिर उपसमिति र स्थानीय आश्रम बासीहरु बिच लामो समयपछिको भेटघाट र अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको थियो।
अन्तरक्रिया कार्यक्रममा विगत एक महिना पुर्व सौर्य प्रणालीबाट चौध घरपरिवारले बिजुली बत्ती बालेपछिको अवस्थाले केही परिवर्तन सहित उज्यालो देखाएकोमा उनीहरुमा खुसियाली छाएको बताएका थिए।

आश्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरीको स्थानीय युनिट र त्यहाँ बसोबास गर्ने सुकुम्बासी परिवारहरुको सामुहिक प्रयासमा भएको साप्ताहिक सरसफाइबारे पनि समिक्षा गरिएको थियो।
बाल्मिकी आश्रम चितवन माणीको भूभाग अन्तर्गत भएपनि माणी नगरपालिकाबाट कुनै प्रकारको ठोस सहयोग नभएको बारे पनि चिन्ता व्यक्त गरिएको सहभागीले दुखेसो व्यक्त गरे।

पछिल्लो समयमा बाल्मिकी आश्रम आउने श्रद्धालुबाट माणी नगरपालिकाले प्रवेश शुल्क लगाउने अघोषित चर्चाले आश्रम बासी,सर्वसाधारण मर्माहत भएको आवाज पनि निस्किएको र त्यस्ता खाले कुनै कार्य नगर्न माणी नगरपालिका लाई आग्रह गरिएको अन्तरक्रियामा सुझाव आएको थियो।
कार्यक्रममा विश्व सनातन धर्म सीता माता मन्दिर उपसमितिका सदस्य समेत रहनु भएका सञ्चारकर्मी आर.पि. उपाध्यायले धर्मको नाममा अधार्मिक कार्य गर्न नहुने बताउदै लामो समयपछि आश्रममा सौर्य प्रणालीको विद्युत आएको र खानेपानीको व्यवस्थाबारे आवश्यक प्रक्रिया अगाडि बढिरहेको तथा आश्रममा स्कुले विद्यार्थी र केही संघसंस्थाका समुहद्वारा आश्रमको अवलोकन कार्य बढ्न थालेपछि आश्रमको पहिचान र रौनक बढ्न थालेको अवस्थामा नेपाल भारतका तीर्थालुहरु संग कुनै बहाना नबनाइ आर्थिक चलखेल गर्न नहुने तर्क प्रस्तुत गर्दै समिति सदस्य उपाध्यायले त्यस्ता कार्यप्रती केन्द्रीय,उपसमिति र आश्रम बासी सचेत र चनाखो हुनुपर्ने धारणा राख्नुभयो।

उक्त कार्यक्रममा समितिका सल्लाहकार गोपाल पाठक,रामु ढकाल र केही स्थानीयले पनि आफ्नो धारणा राख्नुभएको थियो।

सो अवसरमा सीता माता धर्ती प्रवेश मन्दिरका पुजारी शेखर सुवेदी,बाल्मिकी ऋषि,श्री राम मन्दिरका पुजारी रामशरण गिरी,बाल्मिकी आश्रम प्रहरी चौकीका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल बाल्मिकी आश्रम बि.ओ.पी. का प्रमुख लगायत स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्रीय समितिका अध्यक्ष दिपक जंग रायमाझीद्वारा कृष्ण जन्माष्टमीको उपलक्ष्यमा पठाइएको धार्मिक शुभकामना सन्देश पनि सुनाइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित