राष्ट्रिय दैनिक / काठमाडाैँ,३१ साउन
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भारतको कोलकत्ता बन्दरगाहबाट १५ लाख २३ हजार बोरा रासायनिक मल नेपालमा ल्याउने प्रक्रिया जारी राखेको छ। कर्पोरेसनका अनुसार, चार लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी समेटिएको यो ठूलो परिमाणको मल हाल नेपालका विभिन्न गोदाममा वितरण भइरहेको छ।
कर्पोरेसनले जानकारी अनुसार मलको वितरण प्रक्रिया प्रदेश सरकारहरूसँग समन्वय गरी चलिरहेको छ । र कोटा वितरणका लागि प्रदेश सरकारहरूले पालिकाहरूसम्म पत्राचार भइसकेको छ। यसैबीच, कर्पोरेसनले आफ्नो डिलरहरूसँग समन्वय गर्न र वितरण प्रक्रिया थप प्रभावकारी बनाउन अनुरोध गरेको छ।
सामाजिक मिडिया र सञ्चार माध्यममा रासायनिक मलको अभावको बारेमा चलिरहेका समाचार र पोस्टलाई ध्यानमा राख्दै, कर्पोरेसनले आश्वासन दिएको छ कि मुलुकभरका गोदाममा मलको आपूर्ति सुनिश्चित गर्न उच्च प्राथमिकतामा काम भइरहेको छ। कर्पोरेसनका प्रवक्ताले भने, “हामीने स्थानीय डिलरलाई आफ्नो पालिका र कर्पोरेसनको सम्बन्धित कार्यालयसँग समन्वय गर्दै कोटाअनुसार मल बिक्री वितरण गर्न आग्रह गरेका छौं।”
रासायनिक मलको यो आयातले कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानहरूको उत्पादन लागत घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस सन्दर्भमा कृषि विभागका अधिकारीहरूले मलको पर्याप्त आपूर्तिका कारण कृषि उत्पादनमा सुधार आउने र समग्र रूपमा कृषि क्षेत्रमा सकारात्मक असर पर्ने आशा व्यक्त गरेका छन्।
यसै क्रममा कर्पोरेसनले आगामी महिनामा थप मलको आयात र वितरण प्रक्रिया तीव्र बनाउने योजना पनि बनाएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

