काठमाडौं,३० : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो।
डिजेल र मट्टितेलको मूल्य भने घटेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ रुपैयाँ कायम भएको छ।
नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

