उमेश बि.क / नवलपरासी ,९ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ पुसाैलिमा प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

सरावल खेलकुद संस्थाकाे अायाेजना तथा प्रतिष्ठान विकास युवा खेलकुद संस्थाकाे सहअायाेजनामा शनिबार काेहेनुर अलि अन्सारीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा क्रिकेट प्रतियोगिता सुरु गरिएको हाे।

प्रतियोगितालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। सबै जाती समुदाय धर्म समेटि हामी हिन्ने प्रयासमा छाैँ तसर्थ हरेक जाति समुदायको सँस्कृति संरक्षणकाे लागि बजेट बिनियाेजन गरि कला सँस्कृति जगेर्ना गर्नतिर लागिपरेको र खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगितामा वडा नं. ६ काे वडा अध्यक्ष कैलास यादव,समाजसेवी बिनाेद पाण्डेय ,समाजसेवी हरि यादव,समाजसेवी गजानन्द पटेल ,सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी, दिपक क्षेत्री, पत्रकार उमेश बि.क,लक्ष्मिकान्त चाैधरी,रियाज खान,गाेबरि यादव ,इन्द्रकमल यादव लगाएको सहभागीता रहेको थियाे।

प्रतियाेगितामा प्रथम हुनेलाई नगद ३० हजार मेडल कप, दोस्रोहुनेलाई नगद २० हजार मेडल कप ,म्यान अफ द टुनामेन्ट हुनेलाई कप मेडल दिइने अायाेजकले जानकारी दिइएको छ। प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगितामा करिब ५० अाेटा कृकेट समुहको सहभागीता रहने अायाेजकले बताएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

