Rashtriya Dainik

सरावल ६ मा अवस्थित महेन्द्र जनता मा.बि को ऐतिहासिक सफलता: कक्षा १२ मा पालिका प्रथम

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ साउन

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं.६ गडाैरी स्थित महेन्द्र जनता माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट परिणाम हासिल गर्दै गाउँपालिका भरि पहिलो स्थान प्राप्त गरेको छ।

विद्यालयले यस उपलब्धिलाई मनाउन बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो, जसको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादवले गर्नुभएको थियो भने कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र बिशिस्ट अतिथिकाे रुपमा पालिका उपाध्यक्ष बासमती हरिजन रहनुभएकाे थियो ।

कार्यक्रममा पालिका अध्यक्ष चौधरीले विद्यालयको उत्कृष्ट नतिजामा प्रशंसा गर्दै “शिक्षा नै समृद्धिको मुख्य आधार हो। महेन्द्र जनता विद्यालयले यस सफलतासँगै हामीलाई थप जिम्मेवारी र चुनौती दिइरहेको छ,” भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै पालिका उपाध्यक्ष बासमती हरिजनले शैक्षिक प्रगतिको महत्त्वलाई जोड्दै विद्यालयको सफलता केवल विद्यार्थीहरूको मात्र नभएर सम्पूर्ण गाउँपालिकाको गौरव रहेकाे बताउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष यादवले बधाई तथा सम्मान कार्यक्रममा बाेल्दै शिक्षक, विद्यार्थी ,वडा अध्यक्ष र पालिका अध्यक्षकाे सहयोगमा एकजुट भएर सफलता प्राप्त गरेकाे बताउनुभयो । वहाँले यो सफलता जिम्मेवार बनाएकाे बताउदै सबैलाई धन्यवाद दिदै शिक्षक र विद्यार्थीहरूकाे कडा परिश्रमले यो सफलता सम्भव भएको जिकिर गर्दै भविष्यमा अझ उत्कृष्ट शैक्षिक नतिजा ल्याउने प्रतिबद्धता जनाउँदै सबैको सहयोग र साथको अपेक्षा राख्नुभएकाे थियोे ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र शिक्षकलाई विशेष सम्मान प्रदान गरिएकाे थियोे। विद्यालयका प्रधानाध्यापक श्रवण सहानीले यस सफलतामा सामूहिक प्रयासलाई महत्त्व दिएकाे बताउदै भविष्यमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास ब्यक्त गर्नुभएको थियोे ।

यस सफलताले सरावल गाउँपालिका र वरिपरिका क्षेत्रहरूमा शैक्षिक स्तरको अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। यस विद्यालयको प्रेरणा र अनुशासनले भविष्यमा अझ धेरै विद्यार्थीलाई उत्कृष्ट परिणाम हासिल गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

महेन्द्र जनता माध्यमिक विद्यालयको कक्षा १२ मा पालिकाकाे पहिलो स्थान हासिल गर्ने यो सफलता गाउँपालिकाको शिक्षा क्षेत्रमा एक महत्वपूर्ण मीलकाे पत्थर बनिरहेको छ, र यसले सम्पूर्ण शैक्षिक संस्थाहरूलाई प्रेरित गर्दै सशक्त बनाउनेछ।

महेन्द्र जनता माध्यमिक विद्यालय कक्षा १२ मा
२४ जना विद्यार्थीमध्ये १२ जना उत्कृष्ट नतिजा ल्याई पास भएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित