Rashtriya Dainik

इप्रका कृष्णनगर लागु औषध बिरूद्ध अक्रमक बन्दै लागु औषध सहित यात्रुगेटबाट एक जना पक्राउ

कृष्णनगर/कपिलवस्तु ,२५ असार

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थानबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले अषाढ २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारतबाट नेपाल
संकास्पद अबस्थामा आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई प्रहरीले पक्राउ गरेका छन् ।

शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र नेपाली १० रुपैयाले पोको पारी लुकाई छिपाई राखेको ३ पुरिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो।

अषाढ २२ गते समेत लक्ष्मीनगरबाट लागु औषध सहित एक जना पक्राउ परेका थिए। लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक ईश्वर लौडारी आए देखि नै लागु औषध सेवनकर्ता तथा वेचविखन गर्ने बिरूद्ध अक्रमक रवैया अपनाएका तथा विभिन्न समयमा लागु औषध बिरूद्ध विभिन्न प्रकारका समाजमा तथा विद्यालयमा विद्यार्थीलाई जनचेतना फैलाउदै अएको कुरा आफैमा लागु औषध बिरूद्ध अभियान नै रहेको स्थानीय सामाजिक अभियन्ताहरू बताएका छन्।

पक्राउ परेका सुमनलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित