Rashtriya Dainik

त्रिवेणी महिला बचत तथा ऋण सहकारीको २३ औं स्थापना दिवस कार्यक्रमका सम्पन्न

आरपी उपध्याय / नवलपरासी
२४ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औं स्थापना दिवस एक कार्यक्रमका बिच मनाइएको छ।
संस्थाको स्थापना दिवसको अवसरमा त्रिवेणीमा सार्वजनिक शौचालयमा खानेपानी धारा जडान गरि स्थापना दिवस मनाइएको हो।
संस्थाकी अध्यक्ष तारादेवी पौडेलको अध्यक्षतामा स्थापना दिवस कार्यक्रम मनाइएको थियो।
कार्यक्रमको प्रमुख अतिथि विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष र हालको वर्षमा सामुदायिक विकास अन्तर्गत प्रशंसनिय कार्य गरेको चर्चा गर्दै सहकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सहकारीको मर्म र भावना अनुसार सार्वजनिक र रचनात्मक कार्य गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा भू.पु. सैनिक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सिंह बहादुर थापा,त्रिवेणी खानेपानी संस्थाका सचिव शालिकराम तिमिल्सिना,कार्यपालिका सदस्य देवी लक्ष्मी बि.क.,त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष निर्मला गैरे,रन्नता काफ्ले लगायतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको कार्यक्रम सञ्चालिका संस्थाकी व्यवस्थापक रम्भा सिंह ठकुरीले जानकारी दिनुभयो।
२०५९ सालमा विधिवत दर्ता भएको सहकारी संस्थामा हाल ६ सय २७ सेयर सदस्य रहेको संस्थाकी कोषाध्यक्ष दीपा रायमाझीले बताउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित