एशिया कप छनोटको तयारी गर्दै नेपाल

काठमाडौं ,४ असार । एएफसी एशिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले प्रशिक्षण गरिरहेको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरिरहेको हो ।

उज्वेकिस्तानमा हुने क्वालिफायरका लागि महिला टोलीले तयारी गर्दैछन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि टोलीमा जोडिएका छन् । दुबईमा खेल्दै आएकी रेखा पौडेल पनि दुई दिन अगाडि नेपाल आइपुगेकी थिइन् । उनले पनि बुधबार टोलीसँगै प्रशिक्षण गरिन् । अखिल नेपाल फुटबल संघ (एन्फाब(का एएफसी एशिया कप छनोटको तयारीका लागि प्रो लाइसेन्सप्राप्त प्रशिक्षक प्याट्रिक डे विल्डलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा भित्राइएको हो ।

उनको प्रशिक्षण टोलीमा राजेन्द्र तामाङ, भगवती थापा र सुरज लामा (गोलकिपिङ प्रशिक्षक)छन् । राजेन्द्रले नै यसअघि नेपाली टोली हेर्दै आएका थिए । नेपाली महिला टोलीले एएफसी एशिया कप छनोटको तयारीका लागि थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । नेपाली टोलीले पहिलो खेल १–० र दोस्रो २–० ले गुमाएको थियो । उज्वेकिस्तानमा हुने एएफसी एशिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसहित लाओस, उज्वेकिस्तान र श्रीलंका छन् ।

यस समूहको खेल उज्बेकिस्तानमै हुने तालिका छ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको शुरुवात गर्नेछ । नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शिर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!