Rashtriya Dainik

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिले दिएको अधिकार प्रयोग गर्दै जाने वक्ताहरुकाे भनाइ

आरपि उपाध्याय / नवलपरासी ,१५ जेठ

नवलपुर विनयी त्रिवेणी ६ मा आयोजित एक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिले दिएको अधिकार प्रयोग गर्दै जाने बताएका छन।
उनीहरुले संविधानले दिएको अधिकारको प्रयोग गर्दै थप अधिकार प्राप्तिको लागि प्रक्रियागत रुपमा अगाडि बढ्न सुझाव दिएका थिए ।
१८ औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र किन र कसरी आयो भन्ने विषयको समिक्षा गर्दै आउदो भविष्यमा संविधानलाई संशोधन गर्दै आम नागरिक केन्द्रित बनाउन पनि सुझाव दिए।
विनयी त्रिवेणी गा.वि.स. वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको अध्यक्षतामा आयोजित १७ औं गणतन्त्र दिवस विषयक विचार गोष्ठीमा प्रमुख अतिथि समेत रहनु भएका पुर्व वडा अध्यक्ष प्रितम बहादुर गुरुङले व्यक्ति खराब हुँदैमा व्यवस्था खराब नहुने धारणा राख्दै संविधानलाई चुनौती दिनुभन्दा संविधानिक दायरामा आएर आफ्नो भावना,विचार व्यक्त गर्न पाइने धारणा राख्नुभएको थियो।


कार्यक्रममा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ का सभापति निरन्जन थापाले संविधानलाई आधार बनाएर गैर संविधानिक क्रियाकलाप गर्न कसैलाई छुट नहुने भन्ने धारणा राख्दै जनताको आवश्यकतालाई आत्मसात गरि विकास निर्माण कार्यमा केन्द्रित रहन दलका शिर्ष नेताहरुलाई सुझाव दिनुभएको थियो।
विचार गोष्ठीमा माओवादी केन्द्रका जिल्ला सदस्य टेकनारायण भुसाल, एमाले विनयी त्रिवेणी ६ का अध्यक्ष भेषराज खनाल,त्रिवेणी महिला तथा बचत ऋण सहकारी संस्थाकी अध्यक्ष तारादेवी पौडेल,वडा सचिव गणेश डाङ्गी, पत्रकार आर.पि. उपाध्याय लगायतले एसियाकै उत्कृष्ट नेपालको संविधान रहेकोमा संविधानको कार्यान्वयनको पक्ष राम्रो र नेताहरु अनुशाशीत हुनुपर्ने कुराहरू औल्याएका थिए।

कार्यक्रममा वडा सदस्यहरू,संघसंस्थाका प्रतिनिधिहरु सहित राष्ट्र सेवक कर्मचारीहरुको पनि उपस्थिति रहेको कार्यक्रम सञ्चालिका विष्णुदेवे पाण्डेले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित