भ्यालेन्टाइन : संस्कृति कि विकृति…?

उमेश बि.क / नवलपरासी , १ फाल्गुन

भ्यालेन्टाइन हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म भ्यालेन्टाइन सप्ताहको रुपमा मनाइन्छ । विशेषगरी पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।
भ्यालेन्टाइन डेका बारेमा सबैका आ–आफ्नै धारणा छन् । कसैले पश्चिमको संस्कृति भएकाले यसलाई मनाउन आवश्यक नभएको भन्छन् त कोही राम्रो पक्षलाई अनुशरण गरेर मनाउनुपर्ने बताउँछन् । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसबारे के भन्छन् केही ब्यक्तिहरु ।

बिराट राज , भारत
भ्यालेन्सटाइन्स डे मनाउनुपर्छ। माया एउटा प्रेमि प्रेमिका बिच हुनुमात्र हैन अामा बुवा दिदी बहिनी र सम्पुर्ण परिवारमा हुनुपर्छ । सहि रुपमा माया यहि हाे। जहाँ एक अर्कोकाे भावनाको कदर गरिन्छ ।

बिनाेद पाण्डेय, शिक्षक
प्रेम भन्ने कुरा उच्च स्थानमा हुन्छ । त्यसैले यसलाई दुरुपयोग गर्नु हुँदैन । नेपालीमा एउटा उखान छ, अतिथि देवो भवः । हाम्रो यही संस्कारले गर्दा पनि हामी यो वेस्टर्न कल्चरलाई सम्मान गर्छौं । उनीहरुमा अतिथि देवो भवःको संस्कार छैन होला, त्यो उनीहरुको कल्चर भयो तर हामी अरुलाई सधैं सम्मान गर्छौं ।भ्यालेन्टाइन डे मनाउनु नराम्रो होइन । पाश्चात्य कुराहरु पूर्वियाहरु सहजै स्वीकार गर्ने भएकाले पनि नेपालीले प्रेम दिवसलाई छोटो समयमै आत्मसात गरेका हुन् । प्रेम गर्नेहरुका लागि सधैं उस्तै दिन हो ।

सागर बिन्दास ,कालाबरवा बिहार
यो वर्ष श्रीमतीसँग भ्यालेनटाइन डे मनाउँदैछु । उपहार पनि दिने मेरो योजना छ । खासै ठूलो त हैन सामान्य उपहार दिन्छु । सबैले मनाउँदा मनाउँ भन्ने लाग्छ । तर उत्सव नै हो भन्ने चाहिँ मलाई लाग्दैन । विवाह अगाडि पनि खासै तडकभडकका साथ कहिल्यै मनाइएन । सामान्य फूल, चिठी दिनेसम्म हुन्थ्यो, तर साथीका हिसाबले मात्रै स्पेशल भ्यालेन्टाइन भनेर होइन । भ्यालेनटाइन डे मनाउनै पर्छ भन्ने पनि छैन र मनाउनै हुँदैन भन्ने पनि होइन । सबैले मनाउँदा मनाएकै राम्रो हो ।

बिमला अाचार्य,नवलपरासी
माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । भ्यालेन्टाइन डे माया गर्ने कोमल मन हुनेहरुको लागि प्रपोज गर्ने दिन हो । सबैले मनाउँछन् । भ्यालेन्टाइन डे मनाउनु राम्रै हो ।

सरगम चाैधरी ,गायक ,रुपन्देही
भ्यालेन्टाइन डे पश्चिमी मुलुक भएपनि हाम्रो देशमा यसलाई प्रेेेम दिवसको रुपमा मनाइन्छ ।भ्यालेनटाइन दिवस हरेक देशमा मनाइन्छ ।याे प्रेेेेमि प्रेेेेेेमिका बिच नभएर सम्पुर्णमा लागू हुुुुन्छ। माया गर्ने जाेडि हरेक ठाउँमा हुन्छन । यसलाई हामी सकारात्मक ढंगबाट मनाउनु पर्छ। प्रेमको प्रतीकको रुपमा मनाउने भएकाले यसलाई राम्रो नै मान्नुपर्छ । प्रेमी प्रेमिकाहरुका लागि प्रपोज गर्ने दिन भएकाले पनि होला, पछिल्ला दिनमा यसको महत्व भने बढ्दै गएको छ ।प्रेमका कुरा सधैं हुने भएपनि भ्यालेन्टाइन डे विशेष दिन भएकाले अझै बढी अर्थ राख्छ जस्तो मलाई लाग्छ । भ्यालेनटाइन डे काेे अवसरमा सबैलाई शुभकामना ।।

देशबन्दु यादव , पत्रकार
हाम्रो संस्कृति (पुर्बिय दर्शन) अनुसार रितु माैसम अनुसार अाफ्नै किसिमकाे पर्बहरु बिद्दमान रहेको हुदा भ्यालेन्टाएन डे, क्रिसमस लगाएत यस्ता बिक्रृतिकाे रुपमा मनाउन कुनै अावश्यक छैन।

पवन माैर्य , कलाकार
प्रेम गर्नेहरुका लागि हरेक दिन भ्यालेन्टाइन डे हुन्छ । मेरो भने यस वर्ष खासै केही योजना छैन । भ्यालेन्टाईन डे मनाउनु नराम्रो हैन तर नकरात्मक तरिकाले मनाउनु भएन । भ्यालेन्टाईन डे एक हप्ता अगाडि देखि मनाउन जरुरी छैन ।

जनमेजय यादव ,समाजसेवी
प्रणय दिवसप्रति मेरो खासै चासो छैन, तर म यसको विरुद्धमा पनि छैन । प्रेम भन्ने कुरा सधैभरी हुनुपर्छ । एक हप्ताभरी मनाउनु कुनै नराम्रो कुरा भने पक्कै हैन । प्रेमको नाममा देखासिकी गर्नुभन्दा पनि भित्रैबाट प्रेम गर्नु उचित हो ।

सुरज चाैधरी ,माेडल
प्रणय दिवस खासै मनाइँदैन, तर यो दिन अलि विशेष लाग्छ । जसले जसरी सक्छ, त्यसरी मनाउने हो, तर आजभोलि प्रणय दिवसको नाममाअलि बढी देखासिकी भएझैं लाग्छ । एक हप्ताअघिदेखि मनाइने प्रणय दिवसले युवाहरुमा प्रभाव परिरहेको छ ।


रेश्मि बि.क, सरावल महिला सन्जाल सदस्य
भ्यालेनटाइन डे मनाउनैपर्छ भन्ने पनि छैन । तर मनाउनु हुँदैन भन्ने पनि होइन । हरेक दिनको आआफ्नै महत्व हुन्छ । जन्म दिन किन मनाइन्छ ? त्यस्तै भ्यालेन्टाइन डे पनि प्रेम गर्नेहरुका लागि स्पेशल डे भएकाले मनाउँछन् । त्यसैले मनाउनै पर्छ भन्ने पनि छैन तर मनाउनु हुँदैन पनि म भन्दिन ।भ्यालेनटाइन सहि तरिकाले मनाउनु पर्छ।


सन्दिप बि.क, बिद्यार्थी
प्रेम अहिले तन, मन वा धन भनेर व्याख्या गर्नेहरुपनि छन् यहाँ । निष्पाप, निःस्वार्थ, निशर्त ‘प्रेम’ खोज्ने हो भने हामीले प्रेमलाई तन, वा धनसँग झुण्ड्याइरहनु पर्छ जस्तो लाग्दैन ।भ्यालेन्टाइनप्रति साच्चै श्रद्धा भाव अर्पण गर्ने हो भने मन, कर्म र बचन निष्पाप, निस्वार्थ र निशर्त हुनु आवह्यक छ ।भ्यालेन्सटाइन्स डे विकृतिका रुपमा मात्र नमनाई पादरी भ्यालेन्सटाइन्सले दिएको बलिदानको कदर गर्दै उनको स्मृतिमा यो दिनलाई मनाइनु पर्दछ । सम्पूर्ण प्रेम जोडीलाई शुभकामना ।

ज्याेति चाैधरी ,बर्दिया
भ्यालेन्सटाइन्स डे मनाउनुपर्छ। तर कसैलाई असर नपर्ने गरि।पहिलाको माया र अहिलेकाे मायामा धेरै फरक छ ।अहिले स्वार्थिपन धेरै छ। पहिला निस्वार्थ माया थियाे ,तर पनि केही निस्वार्थ माया अहिले पनि सिमित छ । पहिलाकाे मायामा त्याग समर्पण र बलिदान हुन्थ्यो ।

राजु चाैधरी ,अार्मि
प्रेम गर्नलाई कुनेै दिन हेरिदेैन र मतलव हुदैन प्रेम गर्नेहरुका लागि हरेकदिन प्रेमिल बनेको हुन्छ आफ्नाे प्रिय मान्छेको साथ नेै मुल्यवान उपहार हो कुनेै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन्, बस प्रेेम आफैमा एउटा बहुमुल्य उपहार हो भगवानको । सच्चा प्रेमको अगाडी दुनियाको हरेक चिज फिक्का हुन्छ । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ? प्रेम दुई विपरित लिङ्घी बीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot