आरपि उपाध्याय / नवलपरासी २५ फागुन पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको सार्वजनिक सुनवाइ कार्यक्रम त्रिभुवन मा.वि. बेलाटारीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ। सार्वजनिक सुनवाइ कार्यक्रममा नागरिकहरुले गाउँपालिकामा हुने ढिलासुस्ती गैरकानुनी कार्यलाई पालिका सरकारले तत्काल नियन्त्रण गर्ने सुझाव दिएका थिए। उनीहरूले स्वास्थ्य शिक्षा र विकास निर्माण कार्यप्रती भएको आंशिक प्रगतिबारे चिन्ता व्यक्त गर्दै शिक्षा निशुल्क भएपनि पालिका अन्तर्गतका विद्यालयहरुले विभिन्न बाहानाहरुमा अभिभावकहरु संग रकम असुली गर्दै आएकोमा संविधान प्रदत्त अधिकारको हनन भएको दुखेसो व्यक्त गर्दै पालिका अन्तर्गतका जिर्ण भएका सडकहरु तत्काल मर्मत गर्नुपर्ने र स्वास्थ्य उपचारको लागि सुविधायुक्त स्वास्थ्य केन्द्र भएपनि आवश्यक प्रविधि र ल्याबको अभाव भएबाट नागरिकहरु अन्यत्र जानुपर्ने बाध्यता बढेको जिज्ञासा राखेका थिए। प्रतापपुर गाउँपालिकाको भारत संग जोडिएको दक्षिणी नाकाबाट अवैध क्रियाकलाप मौलाएको र लागू औषध सेवनकर्ताहरु सहज रुपमा सिमापार जानेआउने कार्य बढेको पाइएको अवस्थामा सोको विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्ने बताउदै गण्डक नहरले पुर्याउने क्षति नियन्त्रण गर्न भारतीय पक्ष संग वार्ता र संवादको माध्यमबाट रोकथाम नियन्त्रण गरिनुपर्ने सुझाव दिएका हुन। प्रतापपुर गाउँपालिका का कर्मचारीहरु नागरिकप्रती पुर्ण जवाफदेही हुनुपर्ने र नागरिकको काम गर्दा काधमा जिम्मेवारी हृदयमा इमानदारीलाई शिरोधार्य गर्न आग्रह गरेका थिए। सार्वजनिक सुनवाइ कार्यक्रममा पालिकाको शाखा सम्बन्धि उठेका प्रश्नहरुलाई शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता गरिरहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शिक्षा क्षेत्रमा रहेका चुनौतीको सामना गर्न पालिका प्रतिबद्ध रहेको बताउदै कमजोर र विपन्न विद्यार्थीहरुलाई पालिकाबाट सहयोग हुँदै आएको तथा विद्युत, सडक, खानेपानीको क्षेत्रमा पालिकाले प्राथमिकताकै आधारमा अगाडि बढिरहेको बताउदै जनताको माग बमोजिम दमकलको व्यवस्थालाई आउदो आर्थिक वर्षभित्रै व्यवस्थापन गरिने र उत्कृष्ट पत्रकारिता पुरस्कारलाई अविलम्ब लागू गरिने कुरा पनि अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। लुम्बिनी र सुस्ताको अनुमा घाटलाई जोड्नको लागि विद्युतिय बस सेवा व्यवस्थापन गर्न सुस्ता गाउँपालिका संग समन्वय गरि अनुमा घाटलाई तिर्थ स्थलको रुपमा विकास गर्न एक वृहत् पदयात्राको आयोजना गरि लुम्बिनी, रामग्राम स्तूपसहितको तिर्थ स्थललाई अन्तर्राष्ट्रिय पहिचान बढाउन तर्फ गाउँपालिका पुर्ण रुपले लागिपर्ने जानकारी दिनुभयो । सार्वजनिक सुनवाइ कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले न्याय,सेवालाई परिवार, व्यक्ति समक्ष पुर्याउन न्यायीक समिति प्रतिबद्ध रहेको विचार व्यक्त गर्दै भरपर्दो र विश्वासनीय ढङ्गको न्याय सेवालाई नागरिक समक्ष पुर्याइने धारणा राख्नुभएको थियो। सार्वजनिक सुनवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले चालू आर्थिक वर्षमा भएको प्रगति विवरणलाई सार्वजनिक गर्दै चालू आर्थिक वर्ष ०८१/०८२ मा भएको चालू र पुजीगत खर्चबारे जानकारी दिदै पालिकाको सेवाप्रती कुनै गुनासो भएमा निर्धक्क रुपमा अवगत गराउन आग्रह गर्नुभयो। सार्वजनिक सुनवाइ कार्यक्रममा संघसंस्थाका प्रतिनिधि,नागरिक समाज, बौद्धिक व्यक्तित्व,बाल क्लबका प्रतिनिधि र पालिका अन्तर्गतका सर्वसाधारणहरुको पनि उपस्थिति रहेको कार्यक्रम सञ्चालक मोहन पौडेलले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।