चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा

वीरगंज ,२० फाल्गुन
वीरगन्जमा जारी दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीतामा एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा स्थान सुरक्षीत गरेको छ ।
आर्दशनगर खेल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले २–१ गोलअन्तरले एपिआई चर्च ब्वाइज युनाइटेडलाई हराएर सेमिफाईनमा स्थान सुरक्षीत बनाएको हो ।

खेलको ५४ औ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले पहिलो गोल गरे ।
खेलको ७६ औ मिनेटमा एपिआई चर्च ब्वाइज युनाइटेडका कप्तान डिका सेर्गेले गोल गरे । खेलमा दुबै टिम जितको दाउमा रहेपनि खेलको निर्धारित समयमा थप अतिरितm ५ मिनेट थपिएको थियो । त्यही सयमलाई सदुपयोग गर्दै अन्तिम मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले आफ्नो दोस्रो गरेर टिमलाई जिताएका थिए ।

खेलमा म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका कप्तान सुब्बा नै घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका थिए । बुधबार हुने पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगन्ज युनाईटेड क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot