Rashtriya Dainik

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा

वीरगंज ,२० फाल्गुन
वीरगन्जमा जारी दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीतामा एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा स्थान सुरक्षीत गरेको छ ।
आर्दशनगर खेल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले २–१ गोलअन्तरले एपिआई चर्च ब्वाइज युनाइटेडलाई हराएर सेमिफाईनमा स्थान सुरक्षीत बनाएको हो ।

खेलको ५४ औ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले पहिलो गोल गरे ।
खेलको ७६ औ मिनेटमा एपिआई चर्च ब्वाइज युनाइटेडका कप्तान डिका सेर्गेले गोल गरे । खेलमा दुबै टिम जितको दाउमा रहेपनि खेलको निर्धारित समयमा थप अतिरितm ५ मिनेट थपिएको थियो । त्यही सयमलाई सदुपयोग गर्दै अन्तिम मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले आफ्नो दोस्रो गरेर टिमलाई जिताएका थिए ।

खेलमा म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका कप्तान सुब्बा नै घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका थिए । बुधबार हुने पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगन्ज युनाईटेड क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित