Rashtriya Dainik

भारतको दिल्लीमा प्रधानमन्त्री मोदीको पार्टी भाजपालाई बहुमत, २७ वर्षपछि सरकार बनाउँदै

एजेन्सी ,माघ २६

भारतको संघीय राजधानीसमेत रहेको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गरेको छ । बुधवार सम्पन्न मतदानको मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमत प्राप्त गरेको हो । ७० मध्ये भाजपासहितको गठबन्धनले ४७ सीट जितेको छ । अझै एक सीटमा अगाडि छ ।

यस्तै अहिलेका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आद्मी पार्टीले २१ सीटमा जीत हासिल गरेको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट जित्नुपर्छ । कंग्रेस आईले कुनै पनि सिटमा जीत हासिल गर्न सकेन । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित हुनुभएको छ । उहाँलाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गर्नुभयो ।

केजरीवाल यस अघि लागतार दुई पटक दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । केजरीवाल जाँडरक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा गत मार्च २१ मा पक्राउ पर्नुभएको थियो । त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आम आद्मीलाई चुनाव जिताउने विश्लेषण थियो । तर नजिता उल्टो आयो ।

केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिनुभएको छ । प्रधामनमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विकास र शुसासनको जीत भएको प्रतिक्रिया दिनुभएको छ । २७ वर्षपछि भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित