Rashtriya Dainik

काठमाडौँबाट धादिङ जाँदै गरेको बस दुर्घटना, १५ जना घाइते

धादिङ ,२६ माघ: काठमाडौँबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

आज साँझ ७ः३० बजेतिरको समयमा धादिङको थाक्रे गाउँपालिका–०१, खेस्टेमा बजे बस दुर्घटनाहुँदा १५ जना घाइते भएका हुन्। काठमाडौँबाट धादिङतर्फ गइरहेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उपचारका लागि गल्छीस्थित अम्बे भरोसा अस्पताल पठाइएको छ। दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीलाई थप उपचार आवश्यक पर्ने देखिएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये हालसम्म तीनजनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ।

जसमा धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३२ बर्षीया मनमाया मगर, धादिङको गजुरी गाउँपालिका–१ कस्ने ६० बर्षका खड्क कुमारी सुवेदी, र गल्छी गाउँपालिका–७ बस्ने २७ बर्षिया सपना खड्का रहेको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित