आरपि उपाध्याय / नवलपरासी ,२६ माघ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट त्रिवेणीको आयोजनामा अन्तर्कृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
अन्तर्कृया कार्यक्रममा उपस्थित सहभागीहरुले गण्डक ब्यारेज नाकामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्तिहरुले शान्ति,सुरक्षा प्रदान गर्दा अनुसन्धान कार्यलाई अझ बढी सक्रियता का साथ चेकजाँच गर्न सुझाव दिदै लागू औषध सेवनकर्ता र ओसारपसार गर्नेहरु लाई कडाइका साथ रोकथाम,नियन्त्रण गर्न सुझाव दिएका थिए।
सहभागीहरुले गण्डक ब्यारेज पुलमा अव्यवस्थित अटोरेक्सा र मोटरसाइकल पार्किङलाई तत्काल व्यवस्थापन गर्नुपर्ने बताउदै त्रिवेणी भन्सार कार्यालयमा हुने अव्यवस्थित भिडभाड व्यवस्थापन गर्नुका साथै भन्सार सुविधा लगायत कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन आग्रह गरेका हुन।
त्रिवेणी बजार र आसपासका क्षेत्रहरुमा संचालित केही होटलहरुमा हुने गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी प्रशासन कृयाशिल हुनुपर्ने बताउदै ब्यारेज पुल आसपासका क्षेत्रहरुमा केही भारतीयहरुको अवैध बसोबास बढन थाले यता उक्त कार्य रोकिनु पर्ने बताउदै त्रिवेणी भन्सारको आफ्नो पुरानो जग्गा भएपनि भन्सार कार्यालय हाल भाडामा बस्दै आएकोमा भन्सारको आफ्नो पुरानो जग्गालाई कानुन सम्मत ढङ्गबाट प्रक्रियागत रुपमा आफ्नो निजी जग्गामै कार्यालय बनाउन सुझाव दिइएको थियो।
लागू पदार्थ सेवन र मादक पदार्थ सेवन कार्यलाई कानुनी दायरामा ल्याइ सभ्य समाजको निर्माणमा लाग्न सम्पुर्ण सरोकारवाला निकायलाई सुझाव दिइएको बताइएको छ।
सामाजिक अपराध रोक्दै समाज प्रतिको उत्तरदायित्व बढाएर देशभक्तिको शिक्षा आत्मसात गर्नेबारे पनि अन्तर्कृयामा आवाज उठेको थियो।
अन्तर्कृया कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की,त्रिवेणी भन्सार कार्यालय प्रमुख रामराज प्रसाद चौरासीया,नेपाली काङ्ग्रेसका निरन्जन थापा,ई.प्र.का. त्रिवेणीका सब इन्सपेक्टर महेश रायमाझी,लक्ष्मी आमासमुहकी अध्यक्ष भागिरथा घर्ती मगर,स्थानीय समाजसेवी बलराम के.सी. लगयतले जिज्ञासा सहितको आफ्नो धारणा राख्नु भएको जानकारीमा आएको छ।

अन्तर्कृया कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाले कार्यक्रमको उद्देश्य सहित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि,राजनीति दल, संघसंस्थाका प्रतिनिधि,स्थानीय सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

