काठमाडौं , माघ २५ गते शुक्रबार ।
आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन। भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो।
यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परहेको छ। ‘भ्यालेनटाइन डे’ को प्रतिक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई रातो ‘गुलाब’को फूल दिएर मनाइरहेका छन्।
१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउनेचलन छ।
यसको शुरुवात ७ फेब्रुअरीबाट शुरु हुन्छ।
आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा पनि हेरिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

