Rashtriya Dainik

सुस्ताका स्थानीयले विद्युत् जडान गर्न पाउने

आरपि उपाध्याय / नवलपरासी ,२३ माघ

पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले नागरिकता र लालपुर्जा नभए पनि विद्युत् जडान गर्न पाउने भएका छन् ।

सुस्ता गाउँपालिका वडा नम्बर(५ सुस्ता बस्तीमा १ हजार ५ सय ७१ मिटर लामो झोलुङ्गे पुलबाट राष्ट्रिय प्रशारण लाइन पुगे पनि लालपुर्जा र नागरिकता नहुँदा अधिकांश सुस्ताबासीले विद्युत् मिटर जडान गर्न पाएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नागरिकता नभएका सुस्तावासीलाई बसोबासका आधारमा स्थानीय तहको सिफारिसमा विद्युत् मिटर उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।गाउँमा विद्युत् पुगेर पनी बत्ति बाल्न नपाएपछि स्थानीयले प्रशासन र विद्युत् कार्यालयमा स्थानीय तहको सिफारिसअनुसार विद्युत् मिटर जडान गर्न माग गर्दै आएका थिए । तर , आवश्यक कागजात नपुगेको भन्दै विद्युत् कार्यालयले विद्युत् मिटर जडान नगरेको र मिटर जडान नभएको भन्दै सुस्तामा पुगेको विद्युत् लाइनसमेत काटिदिएको थियो ।

नागरिकता बिना विद्युत् मिटर जडानको सिफारिस नहुने हुँदा मिटर जडान हुन बाट उनीहरू वञ्चित हुँदै आएका छन् ।कतिपय सँग जगाको लालपुर्जा समेत नहुँदा व्यापार गर्न समेत पाएका छैनन् ।प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तु, नेतृत्वमा सुस्ता बचाऊ अभियानुका कार्यवाहक अध्यक्ष आदम हुसेन , प्रवक्ता रवीन्द्र जयसवालसहितको टोली विद्युत् मिटर जडानको माग गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

मन्त्री देवकरण कलवार सन्तुले निर्देशक घिसिङ लाई सुस्ताका नागरिकता विहीनहरूले विद्युत् सम्म जडान गर्न नपाएकाले बसाई प्रमाणितका आधारमा स्थानीय तहको सिफारिसले बत्ती बाल्न पाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको बताउनु भयो ।ज्ञापनपत्र बुझ्दै कार्यकारी निर्देशक घिसिङले नागरिकता, लालपुर्जा नभए पनि स्थानीय तहको सिफारिसका आधारमा विद्युत् मिटर जडान गरिदिन मातहतको निकायलाई निर्देशन दिएको अभियानका प्रवक्ता जयसवालले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित