Rashtriya Dainik

सुस्तामा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश

आरपि उपाध्याय / नवलपरासी ,२३ माघ

पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश गरेको छ।

सरस्वती पुजाका दिन सोमबार साँझ ४ बजेको समयमा ४ को सङ्ख्यामा हतियारधारी भारतीय सुरक्षाकर्मी भारतीय नम्बर प्लेट कै गाडी प्रयोग गरि सुस्ता पसेका थिए।


नेपाल भारत अन्तर्राष्ट्रिय सिमापार सुस्ता टोलमा भारतीय सुरक्षाकर्मी प्रवेश गरे लगत्तै स्थानीयले नेपाल स्थित सुरक्षा निकायलाई खबर गरे लगत्तै भारतीय सुरक्षाकर्मीलाई फर्काइएको जानकारीमा आएको छ।

यसबारे पश्चिम नवलपरासीका जिल्ला प्रमुख अधिकारी स्किम श्रेष्ठले भारतीय सुरक्षाकर्मी बाटो बिराएर सुस्तामा प्रवेश गरेपछि सुस्ता स्थित सुरक्षा निकायबाट तिनीहरुलाई भारत तर्फै फर्काइएको प्रतिक्रिया दिनुभएको छ।

हतियारधारी भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेशलाई लिएर विभिन्न अडकल पनि गरिएको छ।
सुस्ता ५ रतनगन्जमा बसोबास गर्दै आएका मुन्ना खाँ नारायणी पारी सुस्ता आएको सुइँको पाएका भारतीय सुरक्षाकर्मीहरुले मुन्ना खाँलाई समात्न आएको अनुमान स्थानीयले गरेका छन।
तर सोही दिन मुन्ना खाँ दिउँसो १२ बजे नै आफ्नो घर रतनगन्ज फर्किसकेको पनि स्रोतले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित