Rashtriya Dainik

सुस्ता टोलमा विद्यूुत आपूर्ति तथा नदी कटान समस्या समाधानको लागि मन्त्री कलवारद्वारा पहल

आरपि उपाध्याय /नवलपरासी ,२२ माघ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ५ नारायणी नदीको पारी सुस्ता टोलमा विद्यूुत आपूर्ति तथा नदी कटान समस्या समाधानको लागि एक प्रतिनिधि मण्डल संघीय राजधानी काठमाडौं पुगेको छ।

सुस्ता बचाउ अभियान नेपालको प्रतिनिधि मण्डलले नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयका कार्यकारी निर्देशकलाई सुस्तामा विद्युत सेवा पुर्याउन ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो।

प्रस्तुत ज्ञापन पत्रमा साबिक त्रिवेणी सुस्ता हाल सुस्ता गाउँपालिका ५ मा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलबाट राष्ट्रिय प्रशारण लाइन मार्फत विद्युत विस्तार भएको र सो कार्य सम्पन्न गर्न प्रधान कार्यालयको लगनशीलताले सुस्ता बासी हर्षित भएको पत्रमा उल्लेख छ।

ज्ञापन पत्रमा कार्तिक १० गते सम्मानित राष्ट्रपतिले विद्युत विस्तारको उद्घाटन कार्यक्रममा उर्जा,जलस्रोत तथा सिचाइ मन्त्रीबाट सुस्ता बासीको लागि उपभोग गर्ने विद्युत १ वर्षको लागि विद्युत महसुल निःशुल्क गर्ने घोषणा हालसम्म पनि कार्यान्वयन नभएकोले घोषणालाई कार्यान्वयन गर्न र सुस्ता भुभाग जोगाउन योगदान पुर्याउने सुस्ताका १४० घरपरिवारको घरमा मिटर जडान गर्न स्थानीय तहबाट बसोबास सिफारिसको आधारमा गरिदिने बारे ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

काठमाडौं पुगेको प्रतिनिधि मण्डलमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार,सुस्ता बचाउ अभियानका अध्यक्ष आदाम हुसेन खाँ,प्रवक्ता रबिन्द्र जैसवाल,मनोज सिंह सैथवार र करम हुसेन अन्सारी समेतको उपस्थिति रहेको थियो।


सोही प्रतिनिधि मण्डलले प्रतापपुर र सुस्ता गाउँपालिकामा नदी कटान नियन्त्रण र सिचाइको लागि बोरिङ जडान गर्न पनि उर्जा,जलस्रोत तथा सिचाइ मन्त्रीको ध्यानाकर्षण गराएको प्रतिनिधि मण्डलका सदस्य एवं प्रवक्ता जैसवालले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित