Rashtriya Dainik

विद्यालयकाे भवन ढल्न विद्यार्थी र शिक्षकमा त्रास सृजना

राजन कुमार बानिया / पर्सा ,२२ माघ

पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ मा रहेको श्री नवगाँवा माध्यमिक बिधालय चारगाँहाको बिधालय भवन गयराती एकासी अाफै ढलेको कारण बिधार्थी र शिक्षकहरुमा दहसतको महौल बनेको थियो।

बिधालयका प्रधानाध्यापक गगनदेव यादवका अनुसार यो बिधालका भवन १२ वर्ष देखि जिर्ण अवस्थामा रहेको कारण सो बिधालयमा पठन पाठन रोकिएको थियो।

सोमबारको दिन श्री सरस्वती माताको पुजा गरि रातीमा बिधार्थीहरु २० का संख्यामा अर्को भवनमा बिधार्थी र शिक्षकहरु सुतेको थियो । जिर्ण बिधालय भवन एकासी ढले पछि बिधार्थी र शिक्षकहरुमा दहसत बनेको थियो। प्रअ यादवका अनुसार यो बिधालयमा करिब ११ सय बिधार्थीहरु छन त्यसमा बढि छात्राहरुको संख्या रहेको बताए ।

सरस्वती माताको पुजाको दिनमा यो बिधालय भवन ढलेको भए खतरा पनी हुन सकथियो किन कि सोहि बिधालय को नजिकमा खानेपानी धारा रहेकोले पानी खान त्यही ठाउँमा पुग थियो।रात्री बिधालयको भवन ढले पछी कुनै मानबिय छति नभएको प्रअ यादवले बताए ।

प्रअ यादवका अनुसार बिधालयमा संख्याको अनुपातमा बिधालय कोठा नरहेको र सोको बारेमा स्थानिय स्तरमा भनेपछी केही बिधालय भवन हरु गाउँपालिका बाट बनेको यादवले बताए ।यस बिधालय ढलेको सम्बन्धमा बिधालय ब्यवस्थापन समिति का अध्यक्ष पहलाद गुप्तासंग जानकारी लिदा धेरै पर्यास बाट १२ कक्षा सम्म यो बिधालय चली रहेको छ।

सरस्वती पुजाको दिनमा यो बिधालय ढलेको भए धेरै नै छति हुनसक थियो तर भगवानको कृपा र सरस्वती माता को अाशिर्बादले केही हुन सकेको छैन। यो घटनाको बारेमा जनप्रतिनिधि , स्थानिय प्रहरी र गाउँपालिकामा जानकारी गराएको अध्यक्ष गुप्ताले बताए ।साथै यस बिधालय ढलेकोले बिधालय पुन्ह निर्माण गरि दिन स्थाथिय ,प्रदेश र केन्द्र सरकारले सहयोग गरिदिन अनुरोध सम्म गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित