Rashtriya Dainik

छिमेकी लघुवित्त सुनवलको १९ औ ग्राहक/सदस्य गुनासो सुनुवाइ (इकाई) भेला सम्पन्न

अमृता सुनार/नवलपरासी ,माघ २२

छिमेकी लघुवित्त वित्तिय सस्था लि शाखा कार्यालय सुनवलले १९ औ ग्राहक / सदस्य गुनासो सुनुवाइ इकाइ भेला कार्यक्रम सम्पन्न गरेको छ । सुनवल शाखामा ३३ सय ९९ जना सदस्य आवद्ध रहेका छन भने कार्यक्रममा सदस्य र अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ३ जना सफल व्यवसायी सदस्यहरुलाई हौसला प्रदान गर्न नगद पुरस्कार र सम्मान पत्र, १० उत्कृष्ट इकाइका विपन्न बालिकाको अध्यनको लागि छात्रावृत्ति तथा इकाइ लाई नगद पुरस्कार र प्रमाणपत्र, प्रदान गरिएको थियो । संस्था बाट कर्जा लिएर उत्कृष्ट व्यवसाय गरि सम्मान पाएका ३ जनाले आफ्नो सघर्ष तथा व्यवसायिक सफलताको बारेमा अनुभव सुनाउनु भएको थियो ।

कार्यक्रममा अभिभावक तथा सदस्यहरूको तर्फबाट प्राप्त सल्लाह सुझाव तथा गुनासो सुनुवाइ गरीएको थियो । संस्थाको केन्द्रिय कार्यालय सहायक महाप्रबन्धक दिपक पाण्डेले वर्तमान समयमा लघुवित्त प्रतिको भ्रामक अभिव्यक्ति र दुष्प्रचार प्रति सजग रहदै असल वित्तीय संस्कार सन्ततिमा हस्तान्तरण गर्न सुझाव दिनुभएको थियो । वित्तिय चेतना सहितको कार्यक्रम सम्पन्न गर्न प्रदेश कार्यालय प्रदेश प्रबन्धक रामनाथ महत्तो, अनुगमन अधिकृत टेकराज पन्थ, सञ्जय विष्ट, सुचना प्रविधि विभागका रमेशराज पन्थ लगाएत शाखाका सम्पुर्ण कर्मचारिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण सुनवल शाखाका प्रमुख प्रकाश श्रेष्ठले गर्नुभएको थियो । हाल संस्थाको नाफा ७ लाख ५६ हजार ३ सय ३३, बचत ४१ करोड ७ लाख ८७ हजार २ सय २९ र कर्जा ३९ करोड ७० लाख १२ हजार ८ सय ५४ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित