Rashtriya Dainik

अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

राजन बानिया /पर्सा ,२२ माघ

उपकार सेवा नेपालद्वारा बिरगंज महानगरपालिका वडा नम्बर १, छपकैयाका दुई सहयोगापेक्षी व्यक्ति रन्जन दास र श्यामनाथ तुरहालाई एक कार्यक्रम गरि दुई थान ह्वीलचेयर प्रदान गरेको छ।

सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरको क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो।

उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको छ। यस सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापन्नमा सहजता ल्याउने विश्वास गरिएको छ।

दुबै जनाको शारीरिक अवस्था पुर्ण रुप अपाङ्ता भएकालेे उनको स्वस्थ्यलाई ख्याल गर्दै ऊनी हरुको घरमै पुगी एक कार्यक्रम बिच प्रदान गरियो ।

सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ लगायत स्थानीय भद्रभलाद्मी हरुको समेत उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित