Rashtriya Dainik

तेस्रो स्मृति कप फुटबल प्रतियोगिता: विग वुद्ध युवा क्लव सुनवल ६ भुपु सेमिफाइनलमा प्रवेश

राष्ट्रिय दैनिक / नवलपरासी ,माघ २१

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ३ किर्तिपुर २ मा जारी तेस्रो स्मृति कप नाइन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा विग वुद्ध युवा क्लव सुनवल ६ भु पु ले जेनिथ युवा क्लव सुनवल ३ किर्तिपुर १ लाई ट्राईवेकरमा पराजित गर्दै सेमिफाइनलको प्रवेश गरेको छ ।

आजको खेलमा जर्सि नं २ का कर्मा लामा म्यान अफ द म्याच घोषित भएका छन। यस्तै भोलि हुने चौथो क्वाटर फाइनल खेल जनशक्ति युवा क्लव बडेरा र राइजिङ स्टार भुमहि बिच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित