Rashtriya Dainik

नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाको ३४ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२१ माघ

नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाको ३४ औं वार्षिक साधारणसभा पाल्हीनन्दन गाउँपालिकाको पाल्ही भगवती मन्दिर सभाहलमा सम्पन्न भएको छ।

नेपाल नेत्र ज्योति संघका अध्यक्ष देवेन्द्र राज कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले डा. बिनोद निता आँखा अस्पताल परासीले आधुनिक प्रविधिद्वारा गुणस्तरीय रुपमा आँखा उपचार गर्दै आएको सुखद क्षण रहेको बताउनु भयो।
उहाँले आँखाको ज्योति गुमाएका हरुलाई सेवा प्रदान गर्नु महान धर्म रहेको पनि जिकिर गर्नुभयो।
साधारणसभामा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले शरीरको महत्वपूर्ण अङ्ग आँखामा भएको समस्यालाई उपचार विधिद्वारा भरपर्दो र विश्वासनिय ढङ्गबाट आँखा अस्पतालले उपचार गरेर पवित्र मानवीय धर्म गरेको धारणा राख्नुभयो।
साधारणसभामा नेत्र ज्योति संघका शाखा सचिव संजय कर्णले नेत्र ज्योति संघ सम्बद्ध डा.बिनोद निता कंडेल आँखा अस्पतालले विगत २६ वर्षको यात्रामा हासिल गरेको उपलब्धि अवस्था र भावी योजनाबारे जानकारी गराउनु भएको थियो।

साधारणसभामा अस्पतालका व्यवस्थापक अजय पाण्डेले अस्पतालद्वारा पुर्याइएको सेवा सुविधाको जानकारी गराउदै टिम एकता र सदभावले संस्थाको वातावरण सकारात्मक बनाउदै आएको बताउदै अस्पतालका सबै निकाय संग समन्वय गर्दै दैनिक कार्य प्रणालीलाई अझ बढी प्रभावकारी बनाउदै आएको धारणा राख्नुभयो।


सो अवसरमा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मन्जु कंडेल,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,सुनवल नगरपालिका प्रमुख बिमला अर्याल,पृथ्वी चन्द्र आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नुरुल होदा लगायत व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।

आँखा अस्पताल परासी अन्तर्गत रानीनगर,भुजहवा,सुर्यपुरा र सुनवलमा आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको जानकारी गराइएको थियो।अस्पतालबाट २५०७ बिरामीको निशुल्क आँखा परिक्षण र ८३१ बिरामीको निशुल्क शैल्यकृया गरिएको पनि कार्यक्रम सञ्चालक एवं व्यवस्थापन सह सचिव अनिल उपाध्यायले बताउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित