Rashtriya Dainik

सरस्वती पूजाको अवसरमा सिद्धार्थ मा.बि मा अक्षराम्भ तथा पुरस्कार वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा अवस्थित सिद्धार्थ मा.बि मा सरस्वती पूजाको अवसरमा अक्षराम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हाे।

विद्यालयका संस्थापक सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा राष्ट्रिय सभा निवर्तमान सदस्य राम लखन हरिजनकाे प्रमुख आतिथ्यमा एक कार्यक्रम बिच सरस्वती पूजाको अवसरमा अक्षराम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हाे।

पुरस्कार वितरण गर्दै राष्ट्रिय सभा निवर्तमान सदस्य राम लखन हरिजनले अक्षराम्भ कार्यक्रमबाट आफ्नो शैक्षिक यात्रा शुभारम्भ गर्ने नानीबाबुहरुको उज्ज्वल तथा सफल भविष्यको कामना गर्नुभएको थियोे ।

कार्यक्रममा विद्यालयका संस्थापक चाैधरीले आफुहरु सफलभन्दा पनि असल विद्यार्थी उत्पादन गर्ने अभियानमा रहेको जनाउँदै अध्ययनप्रतिको तीव्र इच्छाशक्ति र निरन्तरको संघर्ष नै सफलताको कारण भएकोले अभिभावकले विद्यार्थीको आचरण र अध्ययन दुवैमा उत्तिकै ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियोे ।


कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , सरावल ४ वडा अध्यक्ष सुरेश यादव , पत्रकार उमेश बि.क लगाएतले विद्यालयकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सरस्वती पुजाकाे अवसरमा नयाँ विद्यार्थी भर्ना सहित अक्षराम्भ तथा विभिन्न विधामा पुरस्कार समेत प्रदान गरिएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित