राष्ट्रिय दैनिक / नवलपरासी ,२१ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासाबसहीमा सन्चालनमा रहेको प्रथम सरावल कृषि पर्यटन संस्कृति तथा औद्योगिक ब्यापार मेला दुई दिन थप हुने भएको छ।

उद्योग वाणिज्य संघ सरावलको आयोजना र सरावल गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित व्यापार मेला उत्साहपूर्ण चलेकोले दर्शककाे माग अनुसार दुई दिन २२ र २३ गते मेला थप गरिएको संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले बताउनुभयो ।
मेलामा अवलोकनकर्ता दर्शकको उत्साहजनक सहभागिता बढेपछि २ दिन थप गरिएको संघका अध्यक्ष शर्माले बताउनुभयो ।

माघ १० गतेदेखि सुरु भएको यस मेलाको समापन माघ २३ गते भव्य रुपमा गर्ने आयोजकले तयारी गरेको छ ।

मेला माघ २२ र २३ गते चर्चित टिकटक स्टार एवं माेडल तथा डान्सर प्रिति पासवान , माेडल चाँदनी पासवान ,अन्जलि पासवान लगाएत थुप्रै कलाकारकाे प्रस्तुचि रहने संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बताउनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

