आरपि उपाध्याय / नवलपरासी ,२१ माघ
पश्चिम नवलपरासीको परासीमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको जिल्ला व्यापी अभियान २०८१ एक विशेष कार्यक्रम मार्फत शुभारम्भ भएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय (ब.स.प.) को आयोजनामा उक्त विशेष कार्यक्रम शुभारम्भ भएको हो।
लागू औषध दुर्व्यसनी विरुद्ध जिल्ला व्यापी अभियानलाई जिल्ला अन्तर्गतका सबै स्थानीय निकायमा चरणबद्द रूपमा गरिने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गतका सबै प्रहरी युनिट प्रमुख, राजनीति दलका प्रतिनिधि र प्रमुख,स्थानीय निकायका प्रमुख तथा उपप्रमुख,बाल संजाल र जिल्ला अन्तर्गतका क्रियाशिल सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले राष्ट्रलाई नै अनिष्ट पार्ने गरि बढ्दै गएको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अभियानलाई सफल पार्न सबै सरोकारवाला निकाय क्रियाशिल हुनुपर्ने धारणा राख्दै यादवले अभियानलाई सम्पन्न गर्न विद्यालय र समुदायमा जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिनुभयो।
सो अवसरमा नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले कार्यक्रमको लक्ष्य र उद्देश्य माथि प्रकाश पार्दै लागू पदार्थको दुर्व्यसनीबाट बच्ने उपायबारे सहजीकरण गर्दै जनचेतनामूलक कार्यक्रमलाई सक्रियताका साथ अगाडि बढाउन स्थानीय निकाय,बाल क्लब र सञ्चार जगतको सक्रिय सहयोग रहनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव,ने.क.पा. एमालेका सह संयोजक डोलराज भण्डारी,नागरिक समाजका राधेश्याम सैथवार,रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरी,सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल,सुनवल नगरपालिका वडा न.६ बाल संजालका अध्यक्ष बिमल चापागाईं लगायतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो।

पश्चिम नवलपरासीमा रहेको ७४ वटा वडाहरुमा ३ महिने अभियान माघ २१ गतेदेखि नै सुरु गर्ने आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

