राजन कुमार बानिया /पर्सा ,२० माघ
पर्साको छिपहरमाई गाउँपालिकामा यहि माघ ३० गतेदेखि सुरु हुनगईरहेको महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पि.भी.खोप अभियान सन्दर्भमा अभिमुखीकरण कार्यक्रम गरिएको छ।
स्वासथ्य शाखा छिपहरमाईले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएका थियो ।
छिपहरमाई गाउँपालिकाको सभाहलमा आयोजित
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शनि कुमार साहले माघ ३० गते देखि फागुन ६ गतेसम्म पालिकाको ५ वडामा चल्ने अभियानमा करिब २ हजार ६ सय जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराएका हुन ।
उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने बताएका हुन । माघ ३० गते देखि सञ्चालन हुने एच.पि.भी.खोप अभियानलाई सफल बनाउन छिपहरमाई स्वास्थ्य शाखा प्रमुख साहले बताए । अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रहपनि गरे ।
अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, ,राजनीतिकर्मी ,लगायतलाई अाग्रह गरे । एच.पि.भी.खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर अाअाफ्ना बालिका र किसोरी हरुलाई उक्त खोप लगाउन गाउँबासीहरु संग अाग्रह समेत गरे।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिला हरुको मृत्यु हुने गरेको अभिमुखिकरणमा जानकारी दिएका छन। बालिका र किसोरी हरुलाई एच,पि,भी खोप लागि सकेपछी पाठेघर को क्यान्सर नहुने बिश्वासर रहेको साहले बताए । छिपहरमाई गाउँपालिका भित्र रहेका बालिका र किशोरी हरुलाई निगरानी गरि एच,पि,भी खोप दिलाउनमा सहयोग गरिदिन गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए । अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको छ।
कार्यक्रममा उपाध्यक्ष लिलावती देबी कानु, वडाअध्यक्ष मौजिलाल साह कानु, दिपेन्द्र सिंह ,महेन्द्र साह,कामेश्वर यादव,रामेश्वर महतो, कार्यपालिका सदस्य , बिधालयका शिक्षक, स्वास्थ्यकर्मी,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

