Rashtriya Dainik

फ्यानलाई चुम्बन गर्दा विवादमा गायक उदितनारायण झा

काठमाडौँ /माघ २०

भारतीय गायक उदितनारायण झा विवादमा तानिएका छन्। एक महिला फ्यानलाई चुम्बन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

३१ जनवरी राति उदित नारायण एक कन्सर्टमा गाउँदै थिए। त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन्। यसपछि उदितले ती फ्यानलाई ओठमा किस गरे। जुन भिडिओ यतिखेर भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी भइरहेको छ। केहीले एआईद्वारा भिडिओ बनाइको बताइरहेका छन्। केहीले भने उदितको व्यवहार लज्जास्पद भन्दै टिप्पणी गरेका छन्।

‘मलाई आफ्नो आँखामा विश्वास लागेन, यो के हुँदै छ। हामी यी सेलिब्रेटीलाई भगवान मान्छौँ,’ एक प्रयोगकर्ताले लेखेका छन्।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण नै दिनुपरेको छ। उनले भने ‘फ्यानहरू धेरै क्रेजी छन्। हामी त्यस्ता होइनौँ। हामी सभ्य मान्छे हौँ। केही मानिसहरूले यसलाई प्रचार गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन्।’

साथै उनले यसमा ध्यान नदिन आग्रह गरेका छन्। ‘यो कुरा भाइरल बनाएर के गर्ने? भिडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए। फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छजस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन्। यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न।’

उदितनारायण हिन्दी र नेपाली गीतका कारण संगीतप्रेमीमाझ लोकप्रिय छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित