पर्सा /१८ माघ
आज शनिबारको दिन सामुदायिक प्रहरी सेवा कुम्हालटाेल द्वारा अवैध लोकल मदिरा नियन्त्रण लिईएको हो।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको नेतृत्व मा गएको टोलिद्वारा सो अवैध लोकल मदिरा नियन्त्रणमा लिईएको हो।
बिरगंजको रेल्वे रोडमा रहेको मदिरा पसल बाट एवम् नगवा चौक, बोखार चौक ,जेलरोड चौक आसपासको मदिरा पसलमा बाट नियन्त्रणमा लिईएको हो।
पर्सा प्रहरीले अवैध रूपमा सञ्चालित घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आइरहेको छ। तेहि अभियान अन्तरगत आज यो कार्य गरिएको अध्यक्ष रमेश चौधरीले जानकारी गराएका हुन। उनले भने सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।
आज करिब १ सय लिटर तयारी अवैध लोकल घरेलु मदिरा
नियन्त्रणमा लिईएको हो। उक्त अवैध लोकल घरेलु मदिरा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको टोलि लाई बुझाईएको एवम् भोलि नस्ट गरिने जानकारी गराएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

