आरपि उपाध्याय / नवलपरासी ,१९ माघ
पश्चिम नवलपरासी नेपाली काङ्ग्रेस प्रतापपुर गाउँपालिका वडा न.६ वडा कार्यसमितिको बिस्तारित बैठक गुठी प्रसौनीमा शनिबार सम्पन्न भएको छ।

वडा कार्यसमितिका सभापति ओटिस हरिजनको अध्यक्षता तथा नेपाली काङ्ग्रेस प्रतापपुरका सभापति ज्ञानेन्द्र प्रसाद पञ्जियारको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
सो बैठकमा प्रमुख अतिथि एवं पालिका सभापति पञ्जियारले २०३६ सालदेखि नै नेपाली काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद बाट प्रभावित भइ राजनीतिक यात्रा सुरु गर्दै आएको बताउदै अहिलेको समयमा काङ्ग्रेसको राजनीति गर्नेहरुले गुट,उपगुटमा नलागेर निष्ठाको राजनीति गरि संगठनलाई बलियो बनाउनु पर्ने कुरामाथी जोड दिनुभयो।
सो अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य सतिस चन्द्र चौधरी,सुस्ता गाउँपालिका सभापति रबिन्द्र जैसवाल,क्षेत्रीय समिती सदस्य एवं प्रतापपुर ६ का अध्यक्ष केशव अधिकारी, महा अधिवेशन प्रतिनिधि श्रवण कुमार कुशवाह,सह सचिव राजु धोबी लगायतले पार्टी संगठन माथी प्रकाश पार्नु भएको थियो।

बैठकले नेपाली काङ्ग्रेस पार्टीको कृयाशिल सदस्यतालाई सबै प्रक्रिया पूरा गरि माघ मसान्तभित्र जिल्ला कार्यसमितिमा पठाउनु पर्ने लगायत निर्णय भएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

