Rashtriya Dainik

एसएसपी बस्नेतले सम्हाले उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड 

कृष्ण यादव/वीरगन्ज ,१९ माघ

उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको रुपमा एसएसपी रमेश बस्नेतले कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका हुन्।

शुक्रबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । केहीदिन अघि मात्र एसएसपी बस्नेतलाई गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा सरुवा गरेको हो ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विभिन्न जिल्ला तथा महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित