अमृता सुनार/नवलपरासी ,माघ १८
सुनवल वडा नं ३ किर्तिपुर युवा क्लव द्वारा संचालित तेस्रो स्मृति कप नाइन ए साइड फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा डी युनिटी युवा क्लव खैरेनी रुपन्देही लाई ० का विरुद्ध २ गोलले पराजित गर्दै जेनिथ युवा क्लव किर्तिपुर १ दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।
आजको खेलमा जेनिथ युवा क्लवका जर्सि नं ५५ का धनिराम थारु म्यान अफ द म्याच घोषित भएका छन ।
यसैबिच भोलि शनिवार २ खेल हुदैछन। पहिलो खेल दिउँसो १२ बजे ग्रिन प्लान्ट कलेज देवदह रुपन्देही र राइजिङ स्टार युवा क्लब भुमहि बिच हुनेछ।

त्यस्तै दोस्रो खेल दिउँसो ३ बजे नवज्योति युवा क्लब सुनवल ७ अस्नैया र मुन स्टार गाइज सुनवल बिच हुनेछ। प्रतियोगिता आगामी माघ २६ गते सम्म हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

