Rashtriya Dainik

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,चालक गम्भीर घाइते

संजय कुशवाहा / नवलपरासी १८ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ सालबासमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ सडक बिचको पेटीमा ठोक्किदा मोटरसाइकल चालक नुवाकोट लिखु ३ बस्ने वर्ष २९ को गोपाल लोहनीको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको छ भने सोही मोटरसाइकल पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिकाको अमहवा बस्ने वर्ष २८ को कमल परियार घाइते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाएपछि मोटरसाइकल सवार रहेका परियारलाई डाक्टरले मृत घोषणा गरेको हो । शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित