नन्दु यादव / माघ २६ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ८मा रहेकाे लालीगुरास कृषि सहकारी सस्थाकाे प्रारम्भिक साधारणसभा सम्पन्न भएकाे छ ।युवराज माैर्याकाेकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न ८ काे वडा अध्यक्ष कादिर अलि असारीकाे प्रमुख अतिथ्यतामाा कार्यक्रम सम्पन्न भएकाे सस्थाले जनाएकाे छ ।कार्यक्रम मा सस्था कि सदस्य साेनी शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे भने वडा सदस्य निजामुदिन मिया, त्रिभुवन नुमुना मा बि का प्र.अ. नारद ठाकुर,ग्रामिण बिकास परियोजना नवलपरासी का वडा न ८ का कार्यक्रम सयोजक अनिल हरिजन लगायत ले शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।साधारणसभा बाट योगेन्द्र प्रसाद केवट को अध्यक्षता मा ९ सदस्यीय सन्चालक समिति गठन समेत गरिएकाे छ ।
हाल यश सहकारी मा ३२ सेयर सदस्य बाट सुरु भएको संस्था अब सेयर सदस्यता र सेयरपुजि बढाउदै लैजाने लक्ष्य रहेको छ।तैसै गरि समावेशी ग्रामीण बिकास परियोजना नवलपरासी कोइका ले ८० लाख बराबर को कृषि अौजार सहयोग समेत यश सस्थालाई गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

