Rashtriya Dainik

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

कृष्णनगर/ कपिलवस्तु, १ पुस

कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क नजिक आज एक कार्यक्रमका बिच राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को विधिवत उद्धघाटन भएको छ। 

भन्सार रोडमा अवस्थित परदेशी होटलको छेउमा आज राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. का संचालक रमेश कुमार यादवले आफ्नी छोरी परिनिती यादवद्वारा रिबन काटेर उद्धघाटन गराइएको छ। 

उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी अकरम पठानले राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स अगाडि बढ्ने शुभकामना दिदै यसले नेपाल भारतका यात्रीलाई सहज हुने बताए। 

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी कृष्णनगर अध्यक्ष शिवा घिमिरेले शुभकामना दिदै होटल व्यवसायीहरूले टूर्स एण्ड ट्राभल्सलाई अगाडि बढाउन सहयोग गर्ने बताए। 

कार्यक्रममा बोल्दै सोनी टूर्स एण्ड ट्राभल्सका पुरूषोत्तम घिमिरेले शुभकामना दिदै टूर्स एण्ड ट्राभल्स एक आपसमा एकताबद्ध भएर अगाडि बढ्ने बताए। 

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्सले इन्टरनेशनल तथा डोमेस्टिक टिकट बुकिंग, ट्रेन टिकट रिजर्वेशन, टुर पैकेज तथा होटल बुकिंग, मनि ट्रान्सफर सेवा, बस टिकट नेपाल तथा भारतका लागि बुकिंग, आनलाइन सर्भिस लगायतका सेवाहरु उपलब्ध रहने जानकारी गराइएको छ। 

कार्यक्रममा साहिद खान, हेमन्त चौधरी, सद्दाम हुसैन, रामसेवक यादव, शिवा कोरी, मंगरे यादव, निरज कुवर, अरविंद कुमार गुप्ता लगायत अन्यको उपस्थित रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित