Rashtriya Dainik

संविधानको रक्षा तथा सुशासन कायम गर्न वर्तमान गठबन्धनको सरकार बनेको :गृहमन्त्री लेखक

आरपी उपध्याय / नवलपरासी ३० मंसिर

गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा तथा सुशासन कायम गर्न वर्तमान गठबन्धनको सरकार बनेको बताउनु भएको छ।
गृहमन्त्री लेखकले हालको सरकार मुलुकमा दिगो शान्ति,सुशासन तथा सम्वृद्दिको लागि प्रतिबद्ध रहेको बताउदै यो सरकार २०८४ सम्म कायम रहने दाबी गर्नुभयो।
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न.२ क्षेत्रीय कार्यसमिति नवलपुरद्वारा आयोजित नेपाली काङ्ग्रेस सय दिने विशेष कार्यक्रम अन्तर्गत नेता तथा कार्यकर्ता संवाद कार्यक्रमलाई मध्यविन्दु ८ भागरामा सम्बोधन गर्दै लेखकले सो कुरा बताउनु भएको हो।
सय दिने विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि गोपाल दहितले नेपाली काङ्ग्रेसको संगठनलाई पालिका,वडा र टोलकार्य समिति सम्म बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउदै भेला,गोष्ठी, प्रशिक्षण र अन्तर्कृया कार्यक्रमलाई थप निरन्तरता दिदै अगाडि बढिएमा पार्टी संगठन चुस्त र दुरुस्त हुने कुरामा दुइमत नहुने जिकिर गर्नुभयो।
पार्टीले सय दिने विशेष कार्यक्रमबाट सेलाएका कार्यकर्ताहरुलाई नयाँ जोस र उर्जा प्रवाह गराउदै आएको पनि केन्द्रिय सदस्य दहितको भनाइ रहेको थियो।
क्षेत्रीय सभापति सुर्य बहादुर गुरुङको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी., लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओम थापा,ने.का. केन्द्रिय सदस्य सीता पाण्डे लगायतले पार्टी संगठनबारे आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा जिल्ला उपसभापति चन्द्र बहादुर रानाले कार्यक्रमको लक्ष्य र उद्देश्यमाथी प्रकाश पार्नुभयो।
सो अवसरमा उपस्थित सहभागीहरुले पार्टीलाई बलियो बनाउन गुटबन्दी र लोभ,लालचलाई अन्त्य गरि इमान्दारी र निष्ठा पुर्वक अगाडि बढ्न सुझाव दिएका थिए।


कार्यक्रममा महासमिति सदस्य,महा अधिवेशन प्रतिनिधि,जिल्ला कार्यसमितिका सदस्य, क्षेत्रीय र पालिका तहका नेताकार्यकर्ता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक इन्द्र फालले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित