Rashtriya Dainik

जिसन नवलपरासीद्वारा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

अमृता सुनार / नवलपरासी ,मंसिर २९

शैक्षिक एक्यबद्धताको समुह जिसन नवलपरासीद्वारा आयोजित गायन तथा नृत्य प्रतियोगिता सुनवल सि गेटमा सम्पन्न भएको छ । जिसन नवलपरासीका अध्यक्ष डम्बर गुरुङ्गको अध्यक्षता एवम प्याब्सनका केन्द्रीय सचिव सुर्वण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आज सम्पन्न प्रतियोगितामा गायन तर्फ मार्टस मेमोरियल ईङ्कलिस एकडेमी प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी द पाइनियर सेकेण्डरी बोर्डिङ स्कुल सुनवल द्वितीय र माउन्ट एभरेष्ट ईङ्कलिस बोडिङ स्कुल बर्दघाट तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी नृत्य तर्फ फियुचर लाईफ ईङ्कलिस स्कुल परासी च्यामपियन हुन सफल भएको छ । उत्कृष्ट भेषभुषा श्री अन्नपुणर् बोडिङ स्कुल र लुम्बिनी सामुदायिक विद्यालय, उत्कृष्ट कारियोग्राफी मार्टस मेमोरियल ईङ्कलिस एकडेमी, सुनवल लोट्स ईङ्कलिस बोडिङ स्कुल, उत्कृष्ट प्रस्तुति सुनवल युनाईटेड ईङ्कलिस स्कुल, वीस्डम ईङ्कलिस बोङ्किक स्कुल, उत्कृष्ट नौलोपन द पाइनियर सेकेण्डरी बोडिङ स्कुल र सिस्किन ईङ्कलिस बोडिङ स्कुल रोजाइमा पर्न सफल भएको छ । गायन तथा नृत्य प्रतियोगितामा सफल सम्पूणर् प्रतियोगिहरुलाई ट्रफि, प्रमाण-पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा जिसनका प्रमुख सल्लाहाकार सन्तोष रौनियार, प्याब्सन नवलपरासीका अध्यक्ष गुरूदत्त पोेैडेल, प्याब्सनका केन्द्रीय सचिव सुर्वण न्यौपाने, सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । जिसन नवलपरासीका अध्यक्ष डम्बर गुरुङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रमको स्वागत मन्तव्य सचिव यज्ञ प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

जिसन नवलपरासीमा ४० निजि विद्यालयको आबद्धता रहेकोमा प्रतियोगितामा गायन तर्फ १३ बिद्यालयका बिद्यार्थी र नृत्य तर्फ १७ बिद्यालयका गरि प्रतियोगितामा ३० टिमको सहभागिता रहेको जिसनका उपाध्यक्ष थमन शेरचनले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित