सिरहा, मंसिर २८ सिरहा जिल्लाको धनगढीमाईस्थित पद्मोदय फाउन्डेसनले परिस्थिति अनुसार आफ्नो सामाजिक अभियानमा नयाँ मोड ल्याउँदै समाजसेवाको नयाँ शैली अपनाएको छ । विपन्न, गरीब, दलित, अपाङ्ग लगायत समाजका विभिन्न तप्काका व्यक्तिहरूलाई सामूहिक रूपमा सहयोग गर्दै आएको यस संस्थाले अहिले व्यक्तिगत र तत्काल आवश्यकता भएका व्यक्तिहरूसम्म सीधा सहयोग पुर्याउने काम थालेको छ । यसैक्रममा, संस्थाले धनगढीमाई-१० का एक वृद्धलाई स्वास्थ्य अवस्थाका आधारमा ह्वीलचेयर उपलब्ध गराएको छ । स्थानिय पत्रकार विनोद मण्डलमार्फत युवा नेता दिलीप लामाले पञ्चमाया तामाङको स्वास्थ्य स्थिति र आवश्यकताको बारेमा जानकारी पाएपछि तत्काल फाउन्डेसनको टोलीसहित श्यामपुरस्थित तामाङको घरमा ह्वीलचेयर हस्तान्तरण गरेको छ । पद्मोदय फाउन्डेसनले परिस्थिति अनुसार आफ्नो कार्यशैली परिवर्तन गर्दै तत्काल सहायता उपलब्ध गराउने काम थाल्नुले स्थानियहरू खुशी भएका छन् । स्थानियहरूको भनाइमा, “फाउन्डेसनको कार्य समाजको हितमा रहेको छ ,तर, यसले अति आवश्यक सहयोगका लागि आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी छ ।” यस प्रकारको नयाँ प्रयासले स्थानिय समुदायको आवश्यकता र संस्थाको उद्देश्यबीचको अन्तरलाई कम गर्न सहयोग पुगेको छ । फाउन्डेसनले आफ्नो सामाजिक अभियानलाई अझ सशक्त बनाउनका लागि यस्ता सकारात्मक कदमहरू जारी राख्ने बताएको छ । पद्मोदय फाउन्डेसनको यो कदमले समाजसेवाको क्षेत्रमा एक नयाँ आयाम थपेको छ, जसले अरू संस्थाहरूलाई पनि प्रभावकारी र तत्काल सहयोग उपलब्ध गराउने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।