आरपि उपाध्याय / नवलपरासी ,२८ मंसिर पश्चिम नवलपरासी सुस्ता गाउँपालिका २ मा हिजो साझ गोलि चल्दा एक व्यक्तिको उपचारको क्रममा निधन भएको छ। सुस्ता २ महलबारी स्थित मुसहर टोलको बाटोमा आपसी विवादका कारण गोलि चल्दा २३ वर्षीय रोहन महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभएको छ। घट्ना विवरण अनुसार सुस्ता २ महलबारी मुसहर बस्तीमा बस्ने वर्ष २२ को गाम्हा भन्ने विशाल मुसहरले घरेलु हतियार कट्टाद्वारा गोलि चलाउदा रोहनको मृत्यु भएको प्रहरीले बताएको छ। घट्ना घटे लगत्तै सुस्ता ५ बलिनगर स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा कडा चेकजाँच सहितको निगरानी गर्दा भारत तर्फ भाग्दै गरेको अवस्थामा अभियुक्तलाई नियन्त्रणमा लिइ थप कानुनी कारवाहीको लागि जिल्ला अदालत परासीमा पठाइएको परासीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। ईलाका प्रहरी कार्यालय बेलाटारी,प्रहरी चौकी रामनगर र सशस्त्र प्रहरी बल नेपाल बलिनगर बि.ओ.पि. को संयुक्त जनशक्तिले अभियुक्त मुसहरलाई हतियार छर्रा सहित नियन्त्रणमा लिइएको बताइएको छ। गोलि प्रहार गरि भागेका अभियुक्त संग प्रहरीले ८ थान ठूलो छर्रा, २० थान सानो छर्रा, १२ पिस सलाइ, ३ थान रिङ कप पनि बरामद गरेको थियो। प्रहरीले घटनास्थल महलबारीको बाटोबाट २२ वर्षीय मोहन थारु,महलबारीकै शाहिल थारुलाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।